फुटपाथ पसलले सर्वसाधारण हैरान
काठमाडौं ११ कार्तिक । तिहार लागे सगैँ यती बेला काठमाडौका बिभिन्न सडकमा फुटपाथका व्यापारीको घुइचो लागेको छ । जसले गर्दा पैदल यात्रुलाई आवज जावत गर्न कठिन भएको छ । फुटपाथमा पसल राखेर व्यापार गर्दा पैदल यात्रुहरु सडकबाटै हिंंड्नुपर्ने बाध्यता बनेको छ । तिहार शुरू भएसँगै फुटपाथमा तिहारका सामाग्री बेच्ने क्रम बढेको छ । तिहारका सामाग्रीमा माला, सप्तरगंी टिका, फलफुल, लत्ता कपडा लगायत सामान किन्नेहरूको भीड लागेको हो । काठमाडौंका सुन्धारा, रत्नपार्क, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका स्थानमा बिहान र बेलुकीपख सामान किन्नेको भिडले सडक जाम हुने गरेका छ । सामान किन्न मानिसहरुलाई फुटपाथको बजारले सजिलो त गरिदिएको छ । तर सवारी गुड्ने र मान्छे हिड्ने बाटोमा पसलहरु राखने हुँदा पैदल यात्रुलाई गाह्रो भएको सर्वसाधारणहरुले बताएका छन् । सामान फुटपातमा नै पाईने हुँदा केही सजिलो भए पनि हिड्न भने असहज भएको सर्वसाधारणले बताए । फुटपाथका व्यावसायीलाई पनि स्थान नतोकिएकोले आवतजावत गर्न कठीन भएको सर्वसाधारण्ले गुनासो गरे । बेलाबखतमा महानगरपालिकले फुटपाथका व्यापारीहरुको सामान जफत गरिदिने पनि गरेको छ । तर नियमित रुपमा फुटपाथको व्यापार हटाउन महानगर अशक्षम भएको प्रष्ट देखिन्छ । यसका साथै विकल्पका लागि महानगरपालिकाले सडक विभाग, ट्राफिक प्रहरी, सुरक्षाकर्मीलगायतसँग छलफल गरी उनीहरुको सहयोगमा फुटपाथका व्यापार पुर्णरुपमा हटाउने र त्यस्ता पसललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने वातावरण ल्याउन भने सकेको छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #फुटपाथ पसल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्