यसरी पूरा भयो ललितपुरस्थित लाकुरी भज्याङमा गाँजा मिशन….
दिपक अर्याल\अनिल श्रेष्ठ\ टिम जनताको इजलास
हाम्रो गाँजा मिसन । महानगरीय प्रहरी परिसर जावलाखेलमा बनेको यो मिसन सुरु हुन्छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको मिसनका लागि हामीसँगै, सहायक प्रमुख जिल्ला अधिकारी, परिसर प्रमुख सहित करिब दुई सय संख्याको प्रहरी टालीको यात्रा । जावलाखेल, ग्वार्को लुभु हुँदै हाम्रो यात्रा लाकुरी भंज्याङ तिर सोझिन्छ ।

हाम्रो टिमलाई प्राप्त गोप्य सुचनाका आधारमा तय गरिएको गाँजा मिसनको सम्भावित भय रोक्न गोलीगठ्ठा सहितको प्रहरी टोली सबैभन्दा अघिल्लो पंतिमा छ । हामी करिब एक घण्टाको यात्रापछि मिसनस्थल लाँकुरी भञ्ज्याङ पुग्यौँ । जहाँ लहलह झुलिरहेका थिए, अबैध गाँजाका बोटहरु । हाम्रो आँखाले जता हेर्थ्यो उतै देखिन्थ्यो गाँजा नै गाँजा । अब सुरु हुन्छ, प्रतिबन्धित गाँजा नष्ट गर्ने हाम्रो मिसन ।

यहाँ प्रतिबन्धित गाँजाको ब्यासायिक खेती भएको रहेछ । करिब हजार रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई लुकाउन मकै खेती गरिएको छ । मकै पन्छाएसँगै गाँजा थन्क्याउने तयारीमा रहेका स्थानीयले आफ्नो मिसन पुरा गर्न पाएनन् । स्थानीय भन्दैथिए, खेती गरेको नभई आफै उम्रिएको हो ।

दृश्य आफै बोलिरहेको छ, अबैद्य खेती गर्नेहरुले व्यवसायीक खेती गरेको स्विकार गर्ने कुरा पनि त भएन् नी । विगतमा काठमाडौं उपत्यकाकासँग जोडिएका पहाडी भेगमा पुगेर गाँजा ब्यापारीले प्रति रोपनी एक लाखका दरले पैसा दिई स्थानीयलाई गाँजा खेती गर्न लगाएको रहश्य बाहिरिएको थियो । यहाँको दृश्यले पनि स्थानीयलाई आर्थिक प्रभावमा पारेर खेती गराएको हो कि भन्ने आशंका गर्न बाध्य बनाएको छ । हुन त ग्रामिण भेगका स्थानीयलाई पैसाका लागि बैद्य अबैद्य बिचार नगरी काम गर्नुपर्ने बाध्यता पनि छ । उनीहरुका लागि बैज्ञानिक खेती वा अन्य कुनै सिममुलक तालिम दिन राज्यले सकिरहेको छैन । बेलामौकामा फडानी गरेर मात्रै गाँजा नियन्त्रण सम्भव नहोला । विश्वका कतिपय देशमा बैद्य बनाइएको गाँजालाई व्यवस्थित गर्नेतर्फ सरकारले सोच्ने हो कि ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #गाँजा मिशन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्