बढ्यो सेवा सुविधा, आर्यघाटको आन्दोलन फिर्ता
काठमाडौं ६ कार्तिक । पशुपति क्षेत्रको आर्यघाटमा शव जलाउन लगायत कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहको सेवा सुविधा बढाउने निर्णय गरेको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफुहरुको तलब भत्ता तथा सेवा सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलन गरेपछि बाध्य भएर पशुपति क्षेत्र विकास कोषले उनीहरुको माग पुरा गर्न सहमत भएका हुन । तर, उनीहरुले अझैपनि केही विषयमा आफुहरुले भने अनुसारको नभएको भन्दै असन्तुष्टि जनाएका छन । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउनुपर्ने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउने लगायतका काम ठप्प पारेपछि कोषले छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो । यसअघि देखि नै विभिन्न समयमा आफुहको सेवा सुविधा बढाउनुपर्ने माग गर्दै कोषको ध्यानआर्कषण गराउदै आएका थिए । तर, बुधबार विहानैदेखि सवै काम ठप्प पारेपछि उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । १५ वर्ष बढि सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपादान वापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्याउने सहमति पनि गरिएको छ । तर, १५ वर्षभन्दा बढि काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पुर्याउनु पर्ने भन्दै असन्तुष्टि जनाएका छन । घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १२ सय पाउदै आएका उनीहरुले अव १५ सय रुपैयां पाउने छ । औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदान वापत डेढ लाख पाउनेमा पाँच लाख पुर्याइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन । १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई १ लाख अवकाश पछि पाउने उपदान बढाएर ३ लाख दिने सहमति गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आन्दोलन फिर्ता
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्