राष्ट्रपति भण्डारी स्वदेश फर्किदै
काठमाडौं ६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापान भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किदै छिन । राष्ट्रपति भण्डारी जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कने कार्यक्रम छ । जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन भण्डारी आइतबार म्यानमारबाट जापान गएकी थिइन । राष्ट्रपति भण्डारी मंगलबार जापानी सम्राटको गद्दी आरोहण समारोहमा सहभागी भएकी थिइन । भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डाक्टर हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी छन् । जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो । नेपाली प्रतिनिधिमण्डलले टोकियोको करिब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण पनि गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति स्वदेश फर्किदै
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्