खुल्यो दशैं तिहारको टिकट बुकिङ, नयाँ बसपार्कमा भिड

काठमाडौं ५ असोज । दशैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि टिकट बुकिङ आइतबारबाट खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ सुरु गरेको हो । गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ ढिलो गरी खोलिएको हो । काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्नहरुको लाइन लागेको छ ।
दशैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गर्छन् । सरकारले प्रत्येक वर्ष अग्रिक टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरियो । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार बिहान निक्कै ठूलो भिड लागेको थियो । लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् । विगत वर्षदेखि नै यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा सुधार आउन सकेको छैन । यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्ने जनाइएको छ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने जानकारी दिइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ticket dashai
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्