राहदानी विधेयक संसदमा पुनः पेश हुँदै
काठमाडौं २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको राहदानी विधेयक संसदमा पुनः पेश गरिने भएको छ । राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा पेश गर्न लागेका हुन । दिउँसो एक बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राहदानी विधेयक प्रतिनिधिसभाले गत वर्ष १० असोजमा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो । राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #rahadhani bidhyk
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्