Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कस्तो छ भ्रमण बर्षको तयारी


काठमाडौं १९ भदौ । सरकारले सन् २०२० मा नेपाल भ्रमण बर्षको रुपमा मनाउदै २० लाख पर्यटक पर्यटक भित्र्याउने तयारी गरेको छ । अहिलेसम्म पर्यटकीय पूर्वाधार नभएको र भएकै पूर्वाधार पनि कमजोर भइरहेको बेला २० लाख पर्यटकको लक्ष्य कसरी पूरा गर्ने भन्न प्रश्न उठिरहेको छ । यही विषयमा अनेक प्रश्न र आशंका उब्जिरहदा यसलाई आवश्स्त पार्ने किसिमका तयारी भने खासै भएको पाईदैन । पर्यटनलाई जागरण ल्याउने राष्ट्रिय अभियानका साथ पर्यटन वर्ष सरकारले मनाउँदै छ । अन्तराष्ट्रिय पर्यटक आकर्षिक गर्न सरकारले ल्याएको यो अभियानको मूख्य उद्देश्य नै हालको करिब १२ लाख पर्यटकलाई सन् २०१९ मा १८ र २० मा २० लाख पुर्याउने हो । तर, सरकारले पर्यटन पूर्वाधार बनाउन नसकेका कारण भएकै पूर्वाधारबाट भने एकै वर्ष २० लाख विदेशी पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य देखिएको छ । पर्यटन पूर्वाधार कमजोर रहेको मुलकमा एक दशक अगाडि राखिएको लक्ष्य भर्खर पूरा गरेर बल्ल १० लाख पर्यटक ल्याउन सकिएको छ । सन् २०११ मा लिएको १० लाख पर्यटकको लक्ष्य पूरा गर्न सन् २०१८ सम्म पर्खनुपरेको नेपालले त्यसको दुई वर्ष पछि पर्यटक संख्या करिब दोब्बर बनाएर २० लाख पुर्याउने लक्ष्य महत्वकांक्षी बन्न पुगेको देखिन्छ । तर नेपाल पर्यटन बोर्डले २०२० मा २० लाख पर्यटक भित्राउन आवश्यक पहल गरेको दावी गरेको छ । पुर्वाधार विकासको काम भइरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्ने बोर्डको तर्क छ । भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयासरत रहेको बोर्डले बताएको छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठुलो संख्यामा पर्यटकहरू भित्रिने तर गर्मी र वषायामाको समयमा कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचारप्रसारको काम भईरहेको बोर्डको तर्क छ । नेपाल भ्रमण वर्ष जति हल्लाखल्ला र प्रचार गरेर गरिएको छ त्यसको तयारी भने निकै सुस्त छ । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भए पनि सुस्ताएको पर्यटन क्षेत्र नयाँ मन्त्रीमा योगेश भट्टराई आएपछि केही गति लिएको छ । नेपाल भ्रमण बर्ष सफल पार्न सबै क्षेत्रको उत्तिकै साथ र सहकार्य जरुरी छ ।


क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #visit nepal

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं