नेकपामा स्कुल बिभाग पोखरेललाई, प्रचार बिभाग श्रेष्ठलाई

काठमाडौं ३१ साउन । लामो समयदेखि नेकपामा देखिएको स्कुल बिभागको बिवाद टुंगिएको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाड गरेपछि बिबाद समाधान भएको हो । स्कुल विभागको संयोजक ईश्वर पोखरेललाई बनाइएको छ । स्कुल बिभागमा दाबी गर्दे आएका नेता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग दिइएको छ । प्रचार बिभाग पाएपछि श्रेष्ठले स्कुल बिभाग छाडेका हुन् । अन्य बिभागको समेत नेकपाले टुंगो लगाएको छ । विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा अध्ययन विभागमा झलनाथ खनाल तोकिएको छ । यसअघि नै सहमति भइसकेका भनिएको संगठन विभागमा बामदेव गौतम नै पक्का भएका छन् । बैठकले सातवटै प्रदेशमा सहइन्चार्ज थप्ने निर्णय पनि गरेको छ । यस अघि प्रदेशमा इन्चार्ज मात्रै राख्ने निर्णय गरिएको थियो । लामो रस्साकस्सीपछि बिबाद मिलेपछि पार्टी एकताका अन्य काम काम गर्न समेत सहज भएको नेताहरुले बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #nekapa bibad
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्