किन बढ्यो यसरी तरकारीको मुल्य

केही सातायता राजधानीमा आकाशिएको तरकारीको भाउ अझै घट्ने छाँटकाट देखिएको छैन । बरु दैनिकजसो मूल्यमा बृद्धि भइरहेको छ । तरकारीको मूल्य ५० प्रतिशत भन्दा धेरै बृद्धि भएको छ । बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका हुन् । जसबाट चाडपर्व नजिकिजाँदा उपभोक्ताको भान्सा झन्झन् महँगो बन्दै गएको छ । असार अघि गोलभेडाको मुल्य प्रतिकिलो ७० देखि ७५ रुपैंयाँ पर्दथ्र्याे । अहिले भने १ सय १० रुपैयाँ भन्दामाथी किनबेच भईहेको छ । केही दिनअघि ८० रुपैयाँ किलो पर्ने भटमास अहिले १ सय १० रुपैयाँमा व्यापारीले बेचिरहेका छन् । गालेभेडा, भटमास मात्र होईन, आलु, काउली, टाटे सिमी, बोडी, फर्सी लगायतको मूल्य झण्डै दोब्बरनै बढाईएको छ । दैनिक उपभोग गर्ने तरकारीको मुल्य बृद्धि हुँदा उपभोक्ताहरु अहिले मारमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकले नै एक वर्षमा तरकारीको मूल्य १ सय प्रतिशतसम्म बढेको देखाउँछ । यसरी कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि सरकारले कारवाही गर्न सकेको छैन । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि मुल्य बढाउने व्यापारीहरु भने ‘स्वभाविक मूल्य भन्दै’ जिकिर गर्छन् । सरकारी निकायले चासो नदिँदा आफूखुसी मुल्य बृद्धि गरेका व्यापारीहरु ‘नाफा खानकै लागी व्यापार गरेकाले मूल्य घटाउन नसक्ने खुल्ला चुनौती दिन्छन् । गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ । तर पनि किसानबाट सस्तो मूल्यमा खरीद गरेर ल्याउने बिचौलिया, ढुवानीकर्ता तथा व्यापारीहरुले बढेको मुल्य घटाउनुको साटो झनै बढाईरहेका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #tarkari
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्