सुनको भाउ अहिलेसम्मकै उच्च, सोमबार बढ्यो १ हजार ५ सय
काठमाडौं २० साउन । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ हजार ५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो। सोमबार चाँदी तोलामा ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #sun
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्