स्कूल विभागको नेतृत्व विवाद टुंग्याउन नेकपा सचिवालय बैठक
काठमाडौं ९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहिबार बस्दैछ । पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा विभागको नेतृत्वबारे छलफल हुने छ । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । पछिल्लो समय घनश्याम भुषालले पनि आफनो दावी प्रस्तुत गरेका छन् । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्