स्कूल विभागको नेतृत्व विवाद टुंग्याउन नेकपा सचिवालय बैठक
काठमाडौं ९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहिबार बस्दैछ । पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा विभागको नेतृत्वबारे छलफल हुने छ । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । पछिल्लो समय घनश्याम भुषालले पनि आफनो दावी प्रस्तुत गरेका छन् । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्