नेकपाका ८ जना कार्यकर्ताले ज्यान गुमाए

काठमाडौं २६ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि ८ जना कार्यकर्ताले ज्यान गुमाएका छन् । सरकारले अपराधिक गतिबिधिमा संलग्न भएको भन्दै फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले वार्तामा बोलाउदा समेत नआएको बिप्लव समुहका कार्यकर्ताले दोहोरो भिडन्त भन्दै ज्यान गुमाइरहेका छन् ।
पछिल्लो समय ललितपुरको नख्खुमा एनसेल कार्यालयमा बम आक्रमणका क्रममा एक जनाको मृत्यु भएपछि विप्लव समूहमाथि कारबाही नगरेको भन्दै सरकारमाथि दबाब बढेको थियो । उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो । २०७५ वैशाखदेखि फागुन २८ गतेसम्मको तथ्याङ्क हो । पक्राउ परेका १९० जनामध्ये १ सय ७२ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ । फागुन २८ गतेदेखि असार २५ गतेसम्म विप्लवका ५७९ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ५३६ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ । जसमा ८७ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् भने ७० जना अनुसन्धानको क्रममा रहेका छन् । ३९ जना सोधपुपछि छुटेको र ३८३ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् । यसबीचमा ३५२ जना विप्लव नेतृत्वको नेकपा परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको समेत पाइएको छ । प्रतिबन्धपछि ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरीको कारबाहीमा परी ३ जना र बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाएका हुन् । यस्तै ७ जना घाइते भएका छन् । प्रहरीको कारबाहीमा परी सर्लाहीको लालबन्दीमा असार ५ गते एक जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल रहेका थिए । नेकपाले यसलाई गैरन्याययीक हत्या भनिरहँदा गृहमन्त्री रामबहादुर थापाले भने पौडेलको सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको दाबी गरिरहेका छन् । यस्तै, भोजपुरमा हालसम्म दुई जनाले ज्यान गुमाएका छन् । प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको जेठ ७ गते मृत्यु भएको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरेको मृत्यु भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरीको दाबीको खण्डन गर्दै आइरहेको छ ।
यस्तै असार २५ गते प्रहरीसँगको मुठभेडमा विप्लवका विप्लव समूहका जिल्ला नेता इन्चार्ज नीरकुमार राईको ज्यान गएको छ । जिल्लाको शनिबारे भन्ने स्थानमा रहेका पानधारे होटलमा उक्त घटना भएको थियो । सो घटनामा प्रहरी जवान सञ्जिव राईको पनि गोली लागेर मृत्यु भएको छ । अर्का प्रहरी जवान खोमनाथ भट्टराई घाइते छन् । जेठ १२ गते सुकेधारा र अनामनगरमा अपरान्हतिर बम विस्फोट भयो । सुकेधारा बम विस्फोटमा ५ जनाको मृत्यु भयो भने अनामनगरमा एक जनाको मृत्यु भयो । बम विस्फोटमा नेकपाका ५ जनाले ज्यान गुमाए भने एक जना सर्वसाधारणले पनि ज्यान गुमाए । सुकेधारा विस्फोटको घटनामा ज्यान गुमाउने नेकपा कार्यकर्ताहरुमा विभुराम विक भन्ने दिपेन विक, निरन्तर मल्ल, गोकुल रानामगर, रामकुमार श्रेष्ठ र महावीर छन् । श्रेष्ठ र महाविरको उपचारका क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्