Techie IT
  • २४ वैशाख २०८२, बुधबार
KhojPatrika

चौतर्फी बिरोध भएपछि सरकारले गुठी विधेयक फिर्ता लियो


काठमाडौं ३ असार । चौतर्फी बिरोध भएपछि सरकारले गुठी बिधेयक फिर्ता लिएको छ । भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन मार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ।यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो। प्रधानमन्त्रीले ओलीले पनि गुठी बिद्येयक फिर्ता लिएको जानकारी दिएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #guthi bidhek

तपाईको कमेन्ट लेख्नुहोस्