नेताहरुको सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि
काठमाडौं २१ जेठ । नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि बढेको छ । उनीहरुले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा पार्टी र सरकारका महत्वपूर्ण निर्णयहरु गर्न थालेपछि सरकार बाहिर रहेका ‘हेभी वेट’ नेताहरु उनीविरुद्ध रणनीति निर्माण गर्न थालेका छन् । सरकारको विदेश नीतिदेखि लिएर संवैधानिक अंगका नियुक्ति समेतमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय लिन थालेपछि पार्टीका तीन शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालबीच पटक–पटक छलफल समेत भएको छ। छलफलमा प्रधानमन्त्री ओलीको एकलौटी शैलीलाई चुनौति दिनुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् । बहुचर्चित झम्सिखेल बैठकपछिका बैठकहरुबाट यी नेताहरुले त्यस्तो निष्कर्ष निकालेको बुझिएको छ। तीन पूर्व प्रधानमन्त्रीहरुसँग पार्टीका प्रभावशाली नेताहरु पनि छलफल र संघर्षको तयारीमा छन्। अनावश्यक विदेश यात्रा, वैदेशिक मामिला र सामरिक महत्वको नीतिमा अपारदर्शी तथा एकल निर्णय, संवैधानिक अंग तथा कुटनीतिक पद नियुक्तिमा स्वच्छाचारिता जस्ता विषयलाई लिएर उनीहरुले चुनौति दिन र परिआएमा प्रक्रियागत तरिकाले शक्ति प्रदर्शन गर्नुपर्ने विकल्पबारे छलफल गर्ने उनीहरुले बताएका छन् । अमेरिकी खेमामा संलग्न हुने अर्थात नेपालको असंलग्नताको नीति विपरित जानेगरी ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को अशं बन्ने, व्यक्तिगत रुपमा आफूहरुप्रति बफादारहरुलाई संवैधानिक निकायमा स्थान दिने जस्ता कामले नेकपा र नेतृत्व जनताको नजरमा गिर्दो तथ्यले पनि हामीलाई पिरोलेको छ। तीन पूर्वमन्त्री वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल र घनश्याम भुषाल लगायत नेताहरुसँग छुट्टाछुट्टै समेत परामर्श गरिरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओली एकतर्फी रुपमा काम गर्न थालेको समेत उनीहरुको आरोप छ । ओलीको बिदेश यात्राा समेत बढेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्