किन जाँदैछन् उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया

काठमाडौं १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आईतबार त्यसतर्फ प्रस्थान गर्न लागेका छन् । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत विहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुनेछन् । अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नेछन् । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा रहेको छ । अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनेछन् । भ्रमणको क्रममा उनले अष्ट्रियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो । यो वातावरण कार्वनडाईअक्साइड उत्सर्जन गर्न बढी जिम्मेवारी औद्योगिक देशहरुको समूह हो । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुनेछन् । उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #uparastapati
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्