राष्ट्रपतिले राहदानी विधेयक संसद्मै फिर्ता गरिन्
काठमाडौं ८ जेठ । संसद्ले प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक–२०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेकी छन् । बुधबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमै फिर्ता गरिएको उल्लेख छ । गत असोजमा प्रतिनिधिसभाले सो विधेयक पारित गरी प्रमाणीकरणका राष्ट्रपति कार्यालय पठाएको थियो । संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भएपनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को ३ अनुसार पुनविचार गर्न फिर्ता पठाएकी हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्