खुल्ला मञ्चका ५२ सटर महानगरले भत्कायो
काठमाडौं १४ बैशाख । चौतर्फी बिरोध भएपछि काठमाडौंको खुल्ला मञ्चमा बनाइएका ५२ सटर काठमाडौ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सार्वजनिक जग्गा हडपी रहेका तथ्यहरु बाहिर आएपछि खुल्ला मञ्च समेतमा सटर बनाउन लागेको कुरा बाहिरिएको थियो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्काबीच आरोप प्रत्यारोप चलेको थियो । डोजर लगाएर भत्काउने खुल्ला मञ्चमा उपप्रमुख खड्का पनि उपस्थित थिइन । तर, सटरवालाले बिरोध जनाउन थालेपछि उनी बाहिरिएकी थिइन । महानगरपालिकाले शनिवार दिउसोदेखि खुलामञ्चमा डोजर लगाएर अवैध रुपमा बनाएइका सटर भत्काइदिएको हो ।
डोजर चलाइएपछि त्यहाँ स्थित पसलेहरुको भागाभाग र रुवावासी समेत मच्चिएको थियो । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशन लगत्तै डोजर लिएर आफूहरु खुलामञ्चका सटर भत्काउन गएको जानकारी दिए । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्