सरकारी कार्यालयमा कर्मचारी अभाव, ३७ हजार अपुग

काठमाडौं ३० चैत । सरकारले कर्मचारी समायोजन सकेको दाबी गरेको छ । तीनै तहमा सरकारी कर्मचारी समायोजन प्रक्रिया पूरा गरेपछि एकीन संख्या र कति अभाव छ त्यसको बिवरण संकलन गर्न लागेको छ । समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । कर्मचारी समायोजनमा समस्याबारे बहस भैइरहेका बेला कर्मचारी संख्या अपुग देखिएको हो । त्यस्तै कर्मचारीहरुले समायोजनमा असन्तुष्टि राख्दै करिब १२ हजारले निबेदन दिएका छन् । संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको समेत उनीहरुले आरोप लगाएका छन् । तर, सरकारले यो प्रक्रियामा पछि हट्न नसक्ने बताइसकेको छ । अर्कोतर्फ चिकित्सकहरुले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउदै आन्दोलन गरिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्