सरकारी कार्यालयमा कर्मचारी अभाव, ३७ हजार अपुग
काठमाडौं ३० चैत । सरकारले कर्मचारी समायोजन सकेको दाबी गरेको छ । तीनै तहमा सरकारी कर्मचारी समायोजन प्रक्रिया पूरा गरेपछि एकीन संख्या र कति अभाव छ त्यसको बिवरण संकलन गर्न लागेको छ । समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । कर्मचारी समायोजनमा समस्याबारे बहस भैइरहेका बेला कर्मचारी संख्या अपुग देखिएको हो । त्यस्तै कर्मचारीहरुले समायोजनमा असन्तुष्टि राख्दै करिब १२ हजारले निबेदन दिएका छन् । संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको समेत उनीहरुले आरोप लगाएका छन् । तर, सरकारले यो प्रक्रियामा पछि हट्न नसक्ने बताइसकेको छ । अर्कोतर्फ चिकित्सकहरुले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउदै आन्दोलन गरिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्