बिमानस्थलबाट ६ किलो सुन सहित चार जना महिला पक्राउ
काठमाडौं २२ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि अबैध सुन बरामत भएको छ । बिहिबार राती ६ किलो सुनसहित ४ जना भारतीय महिला पक्राउ परेका हुन् । बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता बिमानस्थलबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेपछि तस्करहरुले नयाँ तरिका अपनाएको खुलेको हो । पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए । चेक जाँचका क्रममा उनीहरुलाई बिमास्थलबाट नियन्त्रणमा लिइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्