लगानी सम्मेलनमा १५ वटा सम्झौता

काठमाडौं १६ चैत । काठमाडौंमा जारी लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । दुई दिनसम्म चलेको सम्मेलनका क्रममा १६ परियोजनाका लागि १७ वटा आवेदन परेको हो । ‘आवेदन दिने मिति अप्रिल २० सम्म तोकिएको छ । तर, अहिले नै राजश्व तितेर १७ आवेदन परेको हो । पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका हुन् । आवेदनमा भक्तपुरमा सम्मेलन केन्द्र, लुम्बनीमा मेट्रोनिटी सेन्टर, वीरगञ्जमा लजिस्टिक सेन्टर बनाउने आयोजना समेटिएका छन् । त्यस्तै, पश्चिम सेती र तमोर जलविद्युतमा आवेदन परेको छ । अरु आयोजनाको नाम भने लगानी बोर्डले बाहिर ल्याएको छैन । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना ‘सो(केस’मा राखिएको थियो । यसमा आवेदन दिने समय २० अप्रिलसम्म छ । ‘एउटा मात्र वा एकभन्दा बढी प्रस्ताव आयो भने मूल्यांकन गरेर निर्णयमा पुग्ने बताइएको छ ।
पन्ध्र वटामा सम्झौता
त्यस्तै, लगानी सम्मेलनको समापनका क्रममा १५ सम्झौता तथा समझदारीमा हस्ताक्षर गरिएको छ । चौधरी ग्रुपले चार वटा समझदारी गरेको छ । जसमा टेलिकम, सोलार र लजिस्टिकमा विदेशी कम्पनी भित्र्याउने छन् भने प्रदेश २ सँग सोलार प्लान्ट राख्ने सम्झौतामा उल्लेख छ ।
यस्तै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धतापत्रमा पनि हस्ताक्षर भएको छ । भारतको स्टेट बैंक अफ एण्डिया र नेपालको एभरेष्ट तथा नविल बैंकले सजतल कम्पनीले ऋण दिने गरी सम्झौता गरेको छ । गैरआवासीय नेपाल संघ ९एनआरएनए० ले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउने पनि सम्झौता भएको छ । यो वर्ष नै गैरआवासीय नेपालीहरुबाट १० अर्ब लगानी जुटाउने एनआरएनएको दाबी रहेको छ । यसैगरी सिमरा सेज पीपीपी मोडलमा बनाउन लगानी बोर्ड र विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय वित्त निगमसँग समझदारी भएको छ भने बनेपामा हिमालय बुटिक, ग्रिन वेयर हाउस लगायतको समझदारी पनि भएको छ । समापन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलन लगानीकर्ताहरुमाझ नेपाललाई आकर्षक लगानी गन्तब्यका रुपमा प्रस्तुत गर्न सफल भएको दाबी गरे । उनले नेपाल लगानीका लागि उचित गन्तव्य हो भनेर चिनाउन अधिकतम प्रयास गरेको बताए । सम्मेलनको समापनका क्रममा भएका सम्झौताहरु सुरुवात मात्र भएको अर्थमन्त्री खतिवडाले बताए । यसअघि सम्मेलनको समापन गर्दै उनले विकासका लागि नेपालका राजनीतिक दलहरुबीच एकता रहेको, लगानीको प्रक्रिया झन्झटरहित र सहज रुपमा अगाडि बढाउन एकद्वार प्रणाली तयार भएको बताएका थिए । लगानी बोर्डका सीईओ अधिकारीले पनि लगानीकर्ताहरु लगानीका लागि तयार देखिएको बताए । ‘
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
तपाईको कमेन्ट लेख्नुहोस्