स्वाथ्य तथा जनसंख्या बिषयको पनि प्रश्नपत्र बाहिरियो
काठमाडौं १५ चैत । प्रदेश दुईमा एइइको परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र बाहिरिने क्रम अझै रोकिएको छैन् । प्रश्नपत्र बाहिरिएकै कारण शुक्रबारको परीक्षा स्थगित भएको थियो । तर, फेरि शनिबार हुने भनिएको स्वाथ्य तथा जनसंख्या बिषयको प्रश्नपत्र पनि बाहिरिएको छ । शुक्रबार साँझ सो प्रश्नपत्र बाहिरिएको हो । स्वाथ्य बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रश्नपत्र चेक गरेरै मात्र परिक्षा सञ्चालन गर्न निर्देशन दिएपनि प्रश्नपत्र बाहिरिने क्रम रोकिएको छैन् । शुक्रबार दिनभर प्रदेश दुईमा अभिभावक र बिद्यार्थीले प्रदर्शन गरेका थिए । मुख्यमन्त्री लालबाबु राउतले भने शिक्षामन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्