बिप्लवसँग बार्ता गर्न माधवकुमार नेपाल संयोजक बन्न तयार
काठमाडौं १३ चैत । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको प्रतिबन्धको बिपक्षमा उभिएका सत्तारुढ दलकै बरिष्ठ नेता माधवकुमार नेपालले भने वार्ताबाटै समाधान खोज्नुपर्ने बताएका छन् । अन्य क्षेत्रबाट समेत वार्ता समिति गठन गर्नुपर्ने सरकारलाई सुझाव दिइरहेका बेला नेता नेपालले बिप्लवसँग वार्ता गर्न आफू नै संयोजक बन्न तयार रहेको बताएका छन् । बुधबार बिबिसीसँग कुरा गर्दे पूर्वप्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले सरकारले वार्ता समिति गठन गरे आफू संयोजक बन्न तयार रहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटेराको संज्ञा दिइरहेका बेला नेपालले यस्तो बताएका हुन् । उनले शान्ति र स्थायित्वका लागि आफू शान्तिपूर्ण मुलप्रवाहमा ल्याउन सहयोग गर्ने बताए । नेता नेपालले बिप्लव सशस्त्र संघर्षमा लागेको भन्दै शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल गर्ने उल्लेख गरे । बिगतमा पनि माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सहयोग गरेको भन्दै बिप्लवलाई पनि राजनीतिक भूमिकामा ल्याउन आफू लागिपर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्