बिप्लवसँग बार्ता गर्न माधवकुमार नेपाल संयोजक बन्न तयार
काठमाडौं १३ चैत । सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको प्रतिबन्धको बिपक्षमा उभिएका सत्तारुढ दलकै बरिष्ठ नेता माधवकुमार नेपालले भने वार्ताबाटै समाधान खोज्नुपर्ने बताएका छन् । अन्य क्षेत्रबाट समेत वार्ता समिति गठन गर्नुपर्ने सरकारलाई सुझाव दिइरहेका बेला नेता नेपालले बिप्लवसँग वार्ता गर्न आफू नै संयोजक बन्न तयार रहेको बताएका छन् । बुधबार बिबिसीसँग कुरा गर्दे पूर्वप्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले सरकारले वार्ता समिति गठन गरे आफू संयोजक बन्न तयार रहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटेराको संज्ञा दिइरहेका बेला नेपालले यस्तो बताएका हुन् । उनले शान्ति र स्थायित्वका लागि आफू शान्तिपूर्ण मुलप्रवाहमा ल्याउन सहयोग गर्ने बताए । नेता नेपालले बिप्लव सशस्त्र संघर्षमा लागेको भन्दै शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल गर्ने उल्लेख गरे । बिगतमा पनि माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सहयोग गरेको भन्दै बिप्लवलाई पनि राजनीतिक भूमिकामा ल्याउन आफू लागिपर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्