बिप्लव समूहका एक सय छ्यालीस नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौंं १२ चैत । नेत्रबिक्रम चन्द नेतेत्वको नेकपाका १ सय ४६ जना नेता तथा कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । एनसेलमा बम बिष्फोटदेखि मंगलबारसम्म १ सय ४६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । प्रहरीले एक महिनाको अवधिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्टपार्टीका एक सय ४६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका तेस्रो ठूला नेता, मध्यकमाण्डको नेतृत्व सम्हालिरहेका हेमन्तप्रकाश वली ुसुदुर्शनुसहित १० जना पोलिटब्यूरो सदस्य र जिल्ला इन्चार्जदेखि कार्यकर्तासम्म रहेका छन। एक जनाको ज्यान जानेगरी फागुन १० मा ललितपुरको नक्खुस्थित टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयलक्षित बम विस्फोटपछि विप्लव समूहमाथि सरकारले कडा कदम चाल्न थालेको थियो। विस्फोटको जिम्मेवारी हालै पक्राउ परेका वलीले लिएका थिए। उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधि राजनीतिक नभइ हिंसात्मक भएको ठहर गर्दै फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धपछि विप्लवसमूहका ७४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिबन्ध लगाएपछि नै वलीसहित उच्च तहका नेताहरू पक्राउ परेका हुन। चारवटै सुरक्षा निकायको अपरेसन सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै चारवटै सुरक्षा निकायले विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तीव्र पारेको छ। चारवटै निकायका नेतृत्वले मातहतका सुरक्षा सयन्त्रलाई विप्लवका नेता–कार्यकर्ता जहाँ देख्यो त्यहिँ पक्राउ गर्न निर्देशन दिएका छन्। नेकपाका कार्यकर्तादेखि नेताहरू मोबाइल र सामाजिक सञ्जालबाट टाढा भएर भूमिगत छन।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्