बिप्लव समूहका एक सय छ्यालीस नेता तथा कार्यकर्ता पक्राउ
काठमाडौंं १२ चैत । नेत्रबिक्रम चन्द नेतेत्वको नेकपाका १ सय ४६ जना नेता तथा कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । एनसेलमा बम बिष्फोटदेखि मंगलबारसम्म १ सय ४६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । प्रहरीले एक महिनाको अवधिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्टपार्टीका एक सय ४६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका तेस्रो ठूला नेता, मध्यकमाण्डको नेतृत्व सम्हालिरहेका हेमन्तप्रकाश वली ुसुदुर्शनुसहित १० जना पोलिटब्यूरो सदस्य र जिल्ला इन्चार्जदेखि कार्यकर्तासम्म रहेका छन। एक जनाको ज्यान जानेगरी फागुन १० मा ललितपुरको नक्खुस्थित टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयलक्षित बम विस्फोटपछि विप्लव समूहमाथि सरकारले कडा कदम चाल्न थालेको थियो। विस्फोटको जिम्मेवारी हालै पक्राउ परेका वलीले लिएका थिए। उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधि राजनीतिक नभइ हिंसात्मक भएको ठहर गर्दै फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धपछि विप्लवसमूहका ७४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिबन्ध लगाएपछि नै वलीसहित उच्च तहका नेताहरू पक्राउ परेका हुन। चारवटै सुरक्षा निकायको अपरेसन सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै चारवटै सुरक्षा निकायले विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तीव्र पारेको छ। चारवटै निकायका नेतृत्वले मातहतका सुरक्षा सयन्त्रलाई विप्लवका नेता–कार्यकर्ता जहाँ देख्यो त्यहिँ पक्राउ गर्न निर्देशन दिएका छन्। नेकपाका कार्यकर्तादेखि नेताहरू मोबाइल र सामाजिक सञ्जालबाट टाढा भएर भूमिगत छन।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्