Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री ओली र बिप्लवको एउटै समयसीमा चैतभित्र


काठमाडौं १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र नेत्रबिक्रम चन्द बिप्लवलाई जेल हालेर भएपनि राजनीतिक मुलधारमा ल्याउने अभिब्यक्ती दिएको केही घण्टामै बिप्लवको बिज्ञप्ती आएको छ । एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बिप्लव नेतृत्वको नेकपालाई चैतभित्र नियन्त्रणका लिने बताएका थिए । तर, विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्ध चैतभित्र हटाउन माग गरेको छ । उसले प्रतिबन्धबिरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेकपाले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेका छन् । सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वक्तव्य जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख गरिएको छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले जनाएको छ । विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा उल्लेख गरिएको छ । सरकार जति बिप्लवप्रति कडा देखिएको छ उत्तिनै बिप्लव समूह पनि आक्रामक बनेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं