ओलीसहित ९ जनामाथि संगठित अपराधविरुद्धको मुद्दा
काठमाडौं १० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वालीसहित ९ जनालाई संगठित अपराध विरुद्धको मुद्दा लगाइएको छ । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरुविरुद्ध संगठित अपराध विरुद्धको मुद्धामा थप ८ दिन थुनामा राख्ने आदेश दिएको हो । नेता ओलीसहित ९ जनालाई शनिबार काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका मध्य कमाण्ड इन्चार्ज समेत रहेका वलीविरुद्ध ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको मुख्यालयमा शक्तिशाली वम विष्फोट गराउनमा जिम्मेवार रहेको प्रहरीको आरोप छ । फागुन १० गते भएको उक्त विष्फोटको जिम्मा ओलीले लिएका थिए । नेता वलीसँगै नेकपाका नेताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्