सरकार फासिवादतिर लागेको बैद्यको आरोप, बिप्लवलाई साथ
काठमाडौं ९ चैत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ । शनिबार बैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले हालै वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।
महासचिव बैद्यले सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र समूहप्रति राजनीति व्यवहार गरेर समस्याको समाधान समेत आग्रह गरेको छ । ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गरेका छन् । महासचिव बैद्यले तत्काल पक्राउ गर्ने काम बन्द गर्न समेत चेतावनी दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्