Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

हतियार बिसाए मात्रै बिप्लवसँग वार्ता,नेकपाले भन्यो प्रतिरोध गर्न तयार छौं


काठमाडौं ७ चैत । सरकारले नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले हतियार बिसाएमात्रै वार्ता गर्ने जनाएको छ । अहिलेको संविधानलाई स्वीकार गरी हतियार त्याग्नुपर्ने सरकारले बताएको हो ।
हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले संवादका निम्ति हामी तयार रहेको भन्दै हत्या हिंसाको राजनीति त्याग्न आग्रह गरे । उनले कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने बताए । मन्त्री बास्कोटाले राजनीतिक मैदान खाली भएको भन्दै त्यसमा कुनै रोकतोक नभएको जिकिर गरे । उता नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलीले मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा आफ्नो तर्फबाट गोली नचलेको दावी गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै ओलीले प्रहरीले भनेजस्तो आफ्ना कार्यकर्ताले पहिले नै गोली चलाएको र प्रहरीले जवाफी फायरीङ्ग गरेको कुरा असत्य भएको दाबी गरेका छन् ।

बिज्ञप्तीमा निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको भन्दै झुट्टा बकवास जनयुद्धाकमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको उल्लेख गरिएको छ । प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रण गर्ने नेपाल कम्युनिष्ट पार्टीको नीति नरहेको उल्लेख गरिएको छ । उनले दलाल पुँजिवाद विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैँले एकतर्फी गोली चलाएर जवाफी कारवाही गरेर बकवास गरेको दाबी गरेका छन् । प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङ, भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई नियन्त्रणमा लिएको थियो । आफूहरुले शान्तिपूर्ण संघर्ष गरिरहेका बेला सरकारले जिस्कियाइरहेको आरोप बिप्लव समुहले लगाएको छ । सरकारले आफना कार्यकर्ता पक्राउ गर्न लागिएको भन्दै त्यसको प्रतिरोध गर्ने समेत चेतावनी बिप्लव समूहले दिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं