बिप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौं ४ चैत । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहमाथि प्रतिबन्ध लगाउने निर्णयसँगै १७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न टोलीको सहयोगमा १७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । अधिकांशलाई काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य मोहन कार्की छन् । पक्राउ पर्नेमा जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामे रहेका छन् । त्यस्तै, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी पनि छन् । पक्राउ परेकालाई प्रहरीले फौजदारी संहितामा रहेको व्यवस्था अनुरुप बम विस्फोट, हातहतियार तथा खरखजना र ज्यान मुद्दा चलाएको छ । एनसेल बिष्फोट गराइएकै दिन कमलपोखरीस्थित आँगन रेस्टुरेन्टमा भेटिएको बमबारे अनुसन्धान गर्ने क्रममा किसान महासंघका कार्कीको संलग्नता देखिएको प्रहरीको भनाई छ । प्रहरीले अन्य स्थानमा पनि बिप्लवका कार्यकर्ताको खोजी तिब्र बनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्