बिप्लवलाई अझै हतियार मोह, प्रचण्डको सत्तामै जोड
सरकार नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाउँदा गहृमन्त्रालयको जिम्मेवारी पाएका छन् उनै सशस्त्र बिद्रोहका सारथी रामबहादुर थापा बादलले ।
यो संयोग मात्रै होइन राजनीतिमा को कतिबेला कसको शत्रु वा मित्र बन्छ थाहै हुदैन भन्ने प्रमाणित गरेको छ यो घटनाले पनि । केही दिनदेखि यही बिषयले देश तातिएको छ । बिप्लव कहाँ छन् कसैलाई थाहा छैन् साहेद उनी द्धन्दकालमा बसेका जंगल या कुनै सुरक्षाकर्मी नपुग्ने स्थानमा भूमिगत छन् । सरकारले प्रतिबन्ध लगाउदा बिज्ञप्ती जारी नै गरी कडा प्रतिबाद उनै बिप्लवले गरे ।
सामाजिक सञ्जालमा पनि बादल र बिप्लवकै बढी चर्चा पनि चलिरहेको छ । अव के हुन्छ अनुमान लगाउन पनि कठिन छ । किनकि बिप्लव अझै हतियारको राजनीति गर्न चाहिरहेका छन् । तर, प्रचण्ड, बादल सत्ताको स्वादमा अझै रमाउन चाहिरहेका छन् । सहमति अनुसार अव प्रचण्ड सत्ताको बागडोर सम्हाल्ने तरखर गरिरहेका छन् । त्यसअघि नै ओली सरकारलाई बिप्लवको बाटो किलिएर गराउन रोल खेलिरहेको प्रष्ट देखिन्छ । बिप्लवसँग बादलको अर्को तिक्तता भनेको पार्टी फुटाएर मोहन र्बैद्यसँग गएपछि द्धन्द्ध भएको थियो । महत्वाकांक्षी बिप्लव बादललाई पाखा लगाएर आफू महासचिव हुन चाहेका थिए । तर, त्यो बैद्य र बादलले हुन दिएनन् अन्तत बिप्लव पार्टी फुटाएर हिडेका हुन ।
बिप्लव हतियारको राजनीति गर्न गाउँ पसेका छन् । सरकार दमन गर्न चाहिरकेको छ यसले फेरि देशमा द्धन्द निम्त्याउने खतरा पनि देखिन्छ । जसका लागि सरकार गम्भिर बन्न जरुरी देखिन्छ । बिप्लवले सरकारबाट दमन नै चाहिरहेका छन् किनकि आफनो बाटोे तय गर्न मौका उनले खोजिरहेका छन् त्यस्तो बेला सरकारले संयमित हुन जरुरी रहेको बिश्लेषण हुने गरेको । प्रचण्ड, बादल र बिप्लवका केही पुराना तस्बीर जो अहिले चर्चामा छन् ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्