बिप्लवद्धारा राप्तीका पाँच जिल्ला बन्द, कार्यकर्ता रिहाईको माग

दाङ २३ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङसहित राप्ती अञ्चलका पाँच जिल्ला बन्द गराएको छ । राजमार्गमा फाट्ट फुट्ट सवारी साधन चलेपनि बजार, शिक्षण संस्था, कल कारखाना ठप्प छन् । दाङको तुलसीपुर र रोल्पाबाट प्रहरीले आफना कार्यकर्ता पक्राउ गरेको र उनीहरुलाई रिहाईको माग गर्दै दाङसहित सल्यान, रुकुम, रोल्पा, प्यूठान जिल्लामा बन्द घोषणा गरेको हो । राप्ती ब्युरो इन्चार्ज सुवासले प्रेस विज्ञप्तीमा जारी गर्दे कार्यकर्ताको रिहाईको माग गर्दै बन्दको आह्वान गरिएको जनाएका छन् । प्रहरीले तुलसीपुरबाट जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई पक्राउ गरेको थियो । यस्तै फागुन २० गते रोल्पाबाट जिल्ला सदस्यहरु टीरामम परियार, लालबहादुर बिक र नृतेन्द्र सेनलाई पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । बन्दका कारण राप्तीका ५ जिल्लामा जनजिवन प्रभावित भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्