शिवरात्रीमा कहाँ कहाँ गाडी चलाउन पाइँदैन थाहा पाउनुहोस्
काठमाडौ १९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार हुने महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । यस्तै दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देवउद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ ।
पुरानो बसपार्क–सिंहदरबार–नयाँ बानेश्वर–तीनकुने हुँदै गौशाला चल्ने सवारीसाधनलाई सोही रुट फिर्ता, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल हुँदैँ साँखुसम्म जाने व्यवस्था मिलाइएको छ । कालोपुल हुँदै कपन चल्ने सवारी साधनलाई लाजिम्पाटबाट महाराजगञ्ज जाने व्यवस्था मिलाइएको छ । यसैगरी सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै बौद्धसम्म चल्ने माइक्रोबस तथा टेम्पोलाई कृष्णपाउरोटी–नक्साल–चावहिल हुँदै बौद्धसम्म, जोरपाटीबाट सुन्धारा आउने माइक्रोबसलाई नारायणगोपालचोक हुँदै सुन्धारा जाने व्यवस्था मिलाइएको छ । पास भएका सवारीसाधनलाई भने नक्साल, भगवतीबहाल, सानो गौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कदा सिफल, चाबहिल गणेशस्थान हुँदै चाबहिल निस्कने गरी मार्ग कायम गरिएको छ । शिवरात्रिमा ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ५ सय ८२ ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्