पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्छौँः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए ।
यस बिषयलाई संसद, संसदीय समितिमा समेत कडा ढंगले उठाउने उनको भनाइ छ । उनले निर्वाचन नजिकिदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए ।
सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझाउने काम गर्न नहुने पौडेलको भनाइ छ । विशेष गरी सत्ता पक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जवाफदेहि हुनुपर्ने उनको भनाइ छ ।
उनले छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया हुनुपर्ने, गैरकानूनी ढङ्गबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने धारणा राखे । कानून बिपरितको कुनै पनि काम भए कांग्रेस हेरेर नबस्ने उनको भनाइ छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्छौँः कांग्रेस
- २२३ वर्षे अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो
- ३भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के के भयो कुराकानी ?
- ४रविले भने आइजीपी परिवर्तनको औचित्य सरकारले पुष्टी गर्ला
- ५सरकार र प्रमुख प्रतिपक्षबीच टकराव चुलियो, गगनले दिए सरकारलाई चुनौती



तपाईको कमेन्ट लेख्नुहोस्