Techie IT
  • २० असोज २०८३, मंगलबार
KhojPatrika

प्रेम प्रकाश ओलीले दिए काङ्ग्रेस केन्द्रीय सदस्य पदमा उम्मेद्बारी


काठमाडौं । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कर्णाली प्रदेश (भूगोलतर्फ) खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन ।

उनी  सहिद हरिभक्त ओलीका एकमात्र छोरा हुन । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट हत्या गरिएका नेपाली कांग्रेस रुकुमका नेता तथा तत्कालीन जिल्ला विकास समितिका सभापति हरिभक्त ओली हुन् ।

बुबा हरिभक्त ओलीको त्याग, संघर्ष र राजनीतिक आदर्शलाई आत्मसात् गर्दै प्रेमप्रकाश ओली लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

ओलीले यसअघि दुई पटक नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका छन्  र हाल पनि उहाँ नेपाली कांग्रेस रुकुम पश्चिमको सभापतिको जिम्मेवारीमा छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं