मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
सुनसरी । जिल्लाको देवागञ्ज गाउँपालिका कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ ।
सुरक्षा अवस्था संवेदनशील बनेपछि मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ ।
धार्मिक तथा साम्प्रदायिक तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसमा जारी गरेको कर्फ्यु आदेशलाई आज पनि कायम राख्ने निर्णय गरेका हुन् ।
हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनाले विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना निम्त्याएको छ ।
घटनाका क्रममा हालसम्म मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका दुई जना डीएसपीसहित २२ जना प्रहरी रहेको सुरक्षा स्रोतले जनाएको छ ।
स्थिति थप जटिल बन्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत उच्च सतर्कतामा परिचालन गरिएको छ ।
संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ भने स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्