यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपश्थितिमा प्रश्न गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपश्थितिमा प्रश्न गरेका हुन् ।
उनले सुनसरी घटनाकाबारेमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामुहिक पहल गरेकामा धन्यवाद दिए ।
उनले यसलाई राज्यको असफलताको परिणाम भएको बताए । सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने उनले बताए ।
उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ?’ प्रधानमन्त्रीले यस्तो बेला सकारात्मक हिसाबले काम गर्नु पर्ने सन्देश सभापतिमार्फत पुर्याउन भनिएको थापाले बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्