प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
काठमाडौै । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छन् । प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति संसदले निक्र्यौल गर्नुपर्ने भएकाले पनि संसदमा यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क थियो । प्रधानमन्त्री साहको अभिव्यक्ति पछि सुस्तालगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न पनि गरिन् ।
सांसद यादवले प्रधानमन्त्री साहले संसदमा दिएको उक्त अभिव्यक्तिको जवाफ नआएसम्म आफूहरुको विरोध यथावत रहेको पनि बताइन् । नेकपा (एमाले) का सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति नसच्चिएसम्म आफूहरुको विरोध प्रदर्शन जारी रहने बताइन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराइन् । यस्तै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरुको पनि विगतका काण्डहरुको फाइल खोल्छु भनि धम्क्याउने गरेको भन्दै आपत्ति जनाइन् ।
अर्थमन्त्री वाग्लेलाई सांसद हमालले विपक्ष दलहरुलाई विगतको फाईल खोलेर कारबाही गर्न पनि चुनौति दिइन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदको दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आफूहरुले त्यसको विरोध कार्यलाई जारी राख्ने बताए । प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विपक्ष दलहरुले विरोध जारी रहने अडान राखेका हुन् ।
सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरुको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हो ? भनि प्रश्न गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेनद्र साहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरे । राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्नेमा उनको जोड छ । बैठकका क्रममा उनले सीमा क्षेत्रमा हुने डुबान, भूमिहीनका समस्या र माईतीघरमा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
रौतहटको गौर नजिकै भारतले लाल बकैया र वागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्टिङ आएको उनको भनाइ छ । भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी दिए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उनको तर्क थियो ।
त्यसैगरी, उहाँले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गाको प्रसङ्ग पनि उठाए । सांसद राईले माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको मुद्दा सम्बोधन गर्न गृहमन्त्रीसँग आग्रह गरे । प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्ति सच्याउने र जनसरोकारका यी मुद्दाहरूमा सरकारले ठोस कदम चाल्ने उनको विश्वास छ । यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।
नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद महरले रास्वपाका नेता शैलेश सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति पनि आपत्ति जनाए । रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते राति ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको उनले जानकारी दिएका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्