सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त कमजारीहरु रहेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन ।
सांसद रोकायले सरकारले कार्यान्वयन गर्न नसकिने गरी बजेट ल्याएको जिकिर पनि गरे । उनले सरकारले उत्पादनलाई भन्दा पनि राजस्व संकलनलार्ई राष्ट्रिय आएको रुपमा देखाउने प्रयास गर्नु मुलुकको अर्थतन्त्रको विकासका लागि उचित नभएको पनि बताए ।
सांसद रोकायले भने,‘ बजेटका प्रशस्त कमजोरीहरु छन । जस्तै विकास खर्च धेरै कम छ । ऋणको भार बढ्दै गएको देखिन्छ । नेपालको विगतमा वर्षहरुमा पूँजीगत खर्चहरु गर्न नसक्ने अवस्था देखिएका कार्यान्वयनमा नै मुख्य चुनौति देखिन्छ । तलव वृद्धिमा विभेद गरिएको छ । राजनीतिक दृष्टिकोणले हेर्दा यो बजेटले राजस्व संकलनलाई मुख्य स्रोतको रुपमा देखाएको छ ।’
सांसद रोकायले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि कुनै ठोस कदम नचाहेको पनि बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्