साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आायेजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।
उनले भौतिक पूर्वाधार र प्रविधिले राष्ट्रको वाह्य स्वरूप मात्रै निर्माण गर्ने उल्लेख गरे । मन्त्री तिमिल्सिनाले आर्टिफिसियल इन्टेलिजेन्स, डेटा र तिब्र गतिको वर्तमान युगमा पनि मानवीय संवेदनाको खोजीका लागि साहित्य अपरिहार्य रहेको उल्लेख गरे ।
यस वर्षको महोत्सवको नारा ‘नयाँ विश्व व्यवस्थामा हर्षोल्लास, उपचार र सिर्जनात्मक लेखन’ प्रति ऐक्यवद्धता जनाउँदै मन्त्री तिमिल्सिनाले विश्वमा बढ्दो द्वन्द्व, विस्थापन र वातावरणीय चुनौतीका बीच साहित्यले उपचारको काम गर्ने बताए । नेपालको भौगोलिक र सांस्कृतिक विविधताको चर्चा गर्दै मन्त्री तिमिल्सिनालेहिमालय क्षेत्र केवल हिमालको पहाड मात्र नभई दार्शनिक, साधक र कलाकारहरूको प्रेरणाको स्रोत रहेको उल्लेख गरे ।
नेपालमा बोलिने १ सय २० भन्दा बढी भाषा र ती भाषामा रहेका लोककथा, मिथक र गीतहरूले नै नेपाली पहिचानलाई समृद्ध बनाएको उनको भनाइ छ ।मन्त्री तिमिल्सिनाले आफ्नो व्यक्तिगत साहित्यिक यात्राको स्मरण गर्दै साहित्य र सङ्गीतको शक्ति राजनीति वा भूगोलभन्दा माथि हुने बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्