Techie IT
  • ६ वैशाख २०८३, आईतबार
KhojPatrika

पार्टीलाई गाउँको जरादेखि डिजिटल स्क्रिनसम्म पुर्‍याउने काँग्रेसको रणनीति


काठमाडौं । नेपाली काँग्रेसभित्र यतिबेला एउटा नयाँ तरङ्ग पैदा भएको छ— ‘जरा अभियान’ । निर्वाचनमा व्यहोर्नुपरेको पराजय र जनतासँग टाढिँदै गएको संगठनलाई फेरि जीवन्त बनाउन काँग्रेसले नयाँ तरिकाले अघि बढिरहेको छ । केही दिनअघि मात्रै पार्टी सभापति गगनकुमार थापाले अभियानको शुभारम्भ गरेका थिए ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ केबल एउटा औपचारिकता नभई काँग्रेसलाई आधुनिक युग सुहाउँदो ‘डिजिटल पार्टी’ बनाउने महाअभियान भएको बताए । महामन्त्री पौडेलले अबको राजनीति परम्परागत जुलुस र आमसभामा मात्र सिमित नरहेको बताए ।

‘अहिलेको जमाना बदलिएको छ । जेन–जी आन्दोलनका बेला न कतै माइकिङ भयो, न ठूला आमसभा । तर डिस्कोर्ड र सामाजिक सञ्जालको माध्यमबाट हजारौँ मानिस सडकमा ओर्लिए । अब राजनीति डिजिटलाइज भइसकेको छ ।’ उनले भने ।

यसै यथार्थलाई आत्मसात गर्दै काँग्रेसले आफ्ना सदस्यहरूलाई प्रविधिसँग जोड्न खोजेको उनले बताए । अब प्रत्येक क्रियाशील सदस्यले आफ्नो फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटरको विवरण पार्टीलाई बुझाउनुपर्नेछ । ह्वाट्सएपमार्फत सिधै केन्द्रसँग जोडिने र पार्टीका एजेण्डा प्रत्येक सदस्यको मोबाइलसम्म पु¥याउने यो अभियानको मुख्य लक्ष्य हो ।

‘जरा अभियान’ ले वडा सभापतिहरूलाई संगठन विस्तारको पूर्ण जिम्मेवारी सुम्पेको छ । महामन्त्री पौडेलकाअनुसार स्थानीय र प्रदेश तहको चुनाव नजिकिँदै गर्दा संगठनको ‘जरा’ मानिने वडाहरू सक्रिय हुनु अनिवार्य छ ।

‘यो अभियानले वडा सभापतिलाई रिकग्नाइज गरेको छ ।’ पौडेलले भने, ‘जिम्मेवारी पाउँदा पनि जाँगर नचलाउने हो भने भोलिको निर्वाचनमा नतिजा हात पार्न कठिन हुन्छ ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं