पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो ।
महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु हटाएको जानकारी दिए । उनले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरु भत्काउने कार्य पुनः शुरु गरिएको बताए ।
उनले भने, ‘आज हामीले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु भत्कायौँ । यो प्रक्रिया अब निरन्तर रुपमा चलिरहन्छ । केही कागजातहरु प्रक्रियामै रहेकाले कोषबाट थप स्पष्ट भएर आउला नै ।’
पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनको लागि बनाइएका टहरा भत्काइएको समेत उनको भनाइ छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्