Techie IT
  • २३ चैत्र २०८२, सोमबार
KhojPatrika

रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ


काठमाडौं । राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत साबित गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेकपा (एमाले) का नेत्री झाँकीले गत भदौ २३ र २४ को को जेन-जी आन्दोलन शान्तिपूर्ण थियो भन्ने नाममा ऐतिहासिक संरचनाहरू जलाइनुको उत्तर कसले खोज्ने भन्ने प्रश्न सृजना भएको टिप्पणी गरिन् ।

सभामा निर्वाचित भएपछि सभामा पहिलो पटक बोल्दै उनले युवालाई कसले प्रयोग गरे भन्ने निष्पक्ष छानबिन हुनुपर्ने र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिइन् ।

उनले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताइन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं