बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले अहिलेका सरकार प्रमुखका लागि पनि भविष्यमा बदला लिने बाटो बनाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा पहिलोपटक बोल्दै एमाले युवा नेता समेत रहेका महरले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध नै साध्ने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो लागि पनि ‘डोको सुरक्षित राख्न’ चेतावनी दिए ।
उनले अहिलेको सरकार पनि भविष्यमा पूर्व हुने र प्रतिशोधको पुनरावृत्ति हुनसक्ने बताए । एक छोराले आफ्नो बाबु बुढो भएपछि डोकोमा लगेर फाल्न लाग्दा उसको छोराले हजुरबुबालाई फालेको डोको सुरक्षित राख्न भनेको कथा सुनाउँदै महरले यस्तो चेतावनी दिएका हुन् ।
महरले लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने हो भने पूर्वाग्रह र प्रतिशोधको कुनै पनि स्थान हुनु नहुने बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- २सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ३राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा
- ४सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
- ५पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ



तपाईको कमेन्ट लेख्नुहोस्