Techie IT
  • ३ असोज २०८३, शनिबार
KhojPatrika

राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको संसदको माथिल्लो सदन राष्ट्रिय सभामा कांग्रेस,कम्युनिस्ट र मधेश केन्द्रित दलले पदाधिकारीको भागबण्डा गरेका छन् ।

दलहरुको सहमति अनुसार उपाध्यक्ष नेकपा एमालेले पाएको छ । एमालेले लिला भण्डारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास आर्थिक मामिला समितिको सभापति पाएको छ ।

नेकपाले संघीयता सबलीकरण समिति र जसपाले सार्वजनीतिक नीति तथा प्रत्यायोजन विधायन समितिको सभापति पाएको छ ।

उपाध्यक्षको मनोनयन आजै हुँदैछ भने सभापतिहरुको मनोयन सोमवार हुनेछ । सभाको अध्यक्ष यसअघि नै माओवादीका नारायण दाहाल छन् ।

रिक्त एक राष्ट्रिय सभा सदस्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुपर्नेमा अघिल्लो सरकारले गरेको ओम प्रकाश अर्यालको सिफारिस होल्ड भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्