Techie IT
  • २२ चैत्र २०८२, आईतबार
KhojPatrika

कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी


काठमाडौ  । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा ।

यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।

त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै तर्फका कांग्रेस नेताहरु अदालतमा भेट्ने भएका छन् । उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विपक्षमा रहेका खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं