संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा हाल शान्ति र समृद्धिका नायकलाई खलनायक र देश जलाउनेलाई महानायक बनाईएको बताएका छन् ।
बिहीवार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले देशको विकास गर्नेलाई हत्यारा र खलनायकको ट्याग भिराएर संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको बताए । उनले नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा कथित रूपमा रंगक्रान्ति सम्पन्न गरिएको आरोप लगाए ।
भदौ २३ रर २४ को रंगक्रान्तीलाई फागुन २१ गतेको आम निर्वाचनमार्फत निलो क्रान्तिमा वैधानिकता दिइएको दाबी गरे । उनले रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहको सपथलाई ऐतिहासिक जादुमयी विजयको रूपमा चित्रण गरे । रास्वपाको ऐतिहासिक विजयमा आन्तरिक रुपमा नेपाली सेना, ब्युरोक्रेसी, तत्कालिन सुशिला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग तथा गैरसरकारी संस्थाहरूले निर्णायक भूमिका खेलेको दाबी गरे ।
वाह्य रूपमा भने अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम लगायतले प्रभाव पारेको उनको दाबी छ । नेता थापाले जेनजी आन्दोलनका घटनामा पनि विभिन्न संकास्पद गतिविधिहरु भएको उल्लेख गरे । उनले सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, निजी तथा सार्वजानिक संस्थामा कुन उद्देश्य प्राप्तीको लागि आगो लगाइएको हो ? भन्दै प्रश्न गरे ।
विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न किन उक्साउनेको उद्देश्य के हो ? भन्नेपनि खुल्दै जाने बताए । उनले हाल राजनीतिक नेताहरूको गिरफ्तारी तथा देशव्यापी दमनका घटना भइरहेकोले यसको विरुद्धमा एमालेले निरन्तर आवाज उठाइरहने उल्लेख गरे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्