Techie IT
  • २१ चैत्र २०८२, शनिबार
KhojPatrika

भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहास सम्झँदै अब हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस् भन्ने संकल्प गर्नुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आगामी दिनमा फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने साझा प्रतिवद्धता गर्न पनि आग्रह गरे । राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा जोड दिए ।

उनले फरक–फरक विचार र आस्था बोके पनि सबै एउटै थलोमा उभिएको बताए । नेता आङ्देम्बेले दलगत भिन्नता भन्दा माथि उठेर राष्ट्रप्रति इमान्दार बन्नुपर्ने उल्लेख गर्दै सबैलाई ‘इमानको पसिना बगाउने’ संकल्प गर्न आग्रह गरे ।

उनले वितेका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताए । उनले १० वर्षे जनयुद्ध, भुकम्प, कोरोना लगायतका प्रतिकुल समयमा पनि देशमा विकास भएको दाबी गरे ।

उनले भने, ‘हामी एकै थलोमा भएरपनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छोँ, तर भिन्न रहेपनि एउटै नाउकामा छौँ । ढुबे सबै संगै ढुब्छौँ, उठे सबै संगै उठ्छौ, दल भिन्न होला, देश एउटै हो । त्यसैले आज ईमानको पसिना बगाउने संकल्प गरौँ, अनि संकल्प गरौँ अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं