अब निजी क्षेत्रले घुस खुवाउन पर्दैनः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने आश्वासन दिएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो आश्वासन दिएका हुन् । उनले लगानी र रोजगारी बढाउन अनुरोध गरे ।
‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,’ वाग्लेले भने, ‘म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ ।’ अब निजी क्षेत्रले दुःख पाउन नपर्ने भन्दै उनको भनाइ छ । ‘हामी तपाईंहरूको सहयात्री हौं, अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन,’ उनले भने ।
आर्थिक बेइमानीमा अब आर्थिक जरिबानामा जाने योजना रहेको भन्दै उद्योगी–व्यापारी थुनिनु नपर्ने उनले स्पष्ट पारे । तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमान नहोला भन्ने अपेक्षा रहेको उनको भनाइ छ । नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा सरकार निर्मम हुने उनको चेतावनी थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्