Techie IT
  • १५ चैत्र २०८२, आईतबार
KhojPatrika

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै


काठमाडौँ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।

शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो ।

प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्नु पर्ने हुन्छ । ओली पक्राउपछि अस्पतालमा भर्ना भएका छन् ।

लेखक प्रहरीको २ नम्बर गण महाराजगन्जमा छन् । शनिबारदेखि नै एमालेले अध्यक्षको गिरफ्तारीमा देशभर आन्दोलन सुरु गरेको छ भने आज पनि प्रदर्शन र विरोध गर्दैैछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं