कांग्रेसले भन्यो–कार्की आयोगको प्रतिवेदन अपूर्ण
काठमाडौं । नेपाली काँग्रेसले भ्रष्टाचारसँग जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिकामा रहेका सबै मुद्दा निष्पक्ष रूपमा टुंग्याउनुपर्ने बताएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले न्यायपालिका तथा अख्तियारमा रहेका सबै भ्रष्टाचारका मुद्दा तत्काल टुंग्याउनेगरी अघि बढ्नुपर्ने बताए ।
उनले अख्तियार तथा अदालतमा रहेका भ्रष्टाचार तथा अनियमितताको मुद्दाहरुलाई जनमत प्रभावित गर्ने वा दलगत राजनीतिक बहसको विषय बनाउन नहुने बताए ।
उनले २०४६ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पती छानविन गर्नुपर्ने बताए । उनले सम्पती छानविनका विशेष समिति गठन गर्न र आवश्यक कानुन बनाउन समेत रास्वपालाई आग्रह गरे ।
उनले भने, ‘२०४६ सालदेखि २०८२ सालसम्म सार्वजनिक सेवामा बसेका सबेको छानविन गर्न सरकारले समिति बनाओस् । कानून बनाओस् । यसमा नेपाली काँग्रेस सहयोग गर्न तयार छ ।
भ्रष्टाचारसँग जोडिएका अख्तियार वा न्यायपालिकामा रहेका सबै मुद्दाको क्लियर गर्नुपर्छ । यसलाई जनमत प्रभावित र पार्टी राजनीतिको बहसको विषय बन्नु हुदैन । राजनीतिकलाई शुद्धीकरण नगरीकन मुलुकमा सुशासन कायम हुन सक्दैन । यसमा सरकारले काम गर्नुपर्छ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो–कार्की आयोगको प्रतिवेदन अपूर्ण
- २बालेनलाई प्रधानमन्त्री बन्न बाटो खुल्यो, रास्वपाले बनायो संसदीय दलको नेता
- ३कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- ४सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ५रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड



तपाईको कमेन्ट लेख्नुहोस्